TodayPati

सप्तरीमा २२ प्रहरीसहित २७ जनामा कोरोना संक्रमण

शुभ नारायण यादव
सप्तरी ,साउन
३१ ।

सप्तरीमा आज थप २२ जना प्रहरीसहित २७ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै सप्तरि जिल्लामा कूल संक्रमितको संख्या ६६५ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारि दिनुभयो ।

उहाँका अनुसार प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश नं. २ जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण पाइएको हो ।
तालिम केन्द्रका २० वर्षदेखि माथि ३७ वर्ष मुनिका पुरुष प्रहरी रहेको बताइएको छ । सो तालिम केन्द्रका ३५ जनाको स्वाब परीक्षणको रिपोर्टमा उनीहरुको रिपोट पोजेटिभ आएको बताइएको छ । यसअघि १२ जना प्रहरी संक्रमित भएको थियो ।

Sponsored

यस्तै राजविराज नगरपालिका वडा नं. ६, सिरहारोड ७० वर्षीया महिला र डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर ९ का ५० वर्षीय पुरुषमा कोरोना भेटिएको छ । गत साउन २७ गते कोरोना संक्रमणबाट मृत्यु भएका डाकनेश्वरी नगरपालिका वडा नं. , भीमपुर घर भई हाल राजविराज नगरपालिका वडा नं. ६, सिरहारोडमा बसोबास गर्दै आएका ७२ वर्षीय वृद्धको ७० वर्षीया महिला श्रीमति हुन ।


संक्रमित बृद्धको मृत्यु भएपछि बसोबास गर्दै आएको राजविराज नगरपालिकामा १९ र उनको स्थायी घर डाक्नेश्वरी नगरपालिकामा ७ जनाको परीक्षण गरिएको छ । थपिएका मध्ये २४ जनाको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालामा परीक्षण गरिएको थियो ।


यसैगरी जिल्लाको कञ्चनरुप नगरपालिकाका तीन जनामा पनि कोरोना संक्रमण भेटिएको छ । उनीहरुको कोशी अञ्चल अस्पताल बिराटनगरमा स्वाब परीक्षण गरिएको जनाएको छ । यता गत असार ८ गतेदेखि ने सप्तरीमा निषेधाज्ञा जारि गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *