सर्लाहीमा ५४ सहित प्रदेश २ मा १९४ जनामा कोरोना पुष्टि, कहाँ – कहाँ थपिए ? (विवरण सहित)
टुडेपाटी-
जनकपुरधाम, साउन ३१ गते ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३७ महिलासहित १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी सर्लाहीमा ५४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्सामा ४८ जना, धनुषामा ३२ जना, सप्तरीमा २७ जना, महोत्तरीमा १४ जना, सिरहामा ११ जना, रौतहटमा ५ र बारामा ३ जना संक्रमित थपिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ८२१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा उपचार पश्चात ११ महिलासहित ६४ जना उपचार पश्चात कोरोना मुक्त भएर घर फर्केको निर्देशनालयले जनाएको छ ।
where is the data of gaushala munuciplaty , today founded 10 male . pl brief the correct data before post.