TodayPati

रसियामा कोरोनाविरुद्धको खोप उत्पादन सुरु

एजेन्सी-
काठमाडौं, साउन ३१ गते ।

केही दिनअघि मात्रै कोरोनाविरुद्धको खोप पत्ता लगाएको दाबी गरेको रसियाले यसको उत्पादन थालेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको खोपको उत्पादन थालिएको जानकारी दिएको हो ।

Sponsored

साथै उक्त खोप यही अगस्ट महिनाको अन्तिमसम्म बाहिर ल्याउने मन्त्रालयले जनाएको छ ।

विश्वका थुप्रै वैज्ञानिकहरुले रसियाले खोपको भरपर्दो परीक्षण नगरी ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

रसियामै गरिएको एउटा स्वतन्त्र सर्वेक्षणमा त्यहाँका आधाभन्दा बढी चिकित्सकले आफूहरुलाई खोपप्रति विश्वास नभएको र आफूहरुले प्रयोग गर्न नचाहेको बताएका छन् ।

Sponsored

रसियाले खाेप प्रयाेगमा ल्याएपछि सबैभन्दा पहिले चिकित्सक र शिक्षकहरुलाई लगाउने बताएकाे छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले खोप सार्वजनिक भएलगत्तै खोप सबै हिसाबले परीक्षण गरिएको र आफ्नी छोरीमा पनि यो खोप परीक्षण भइसकेको बताएका थिए ।

यो खोपको नाम स्पुत्निक–५ राखिएको छ । संसारकै पहिलो भूउपग्रहको नामबाट खोपको नामाकरण गरिएको रसियाको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *