धनुषाको बटेश्वर गाउँपालिकामा १० भदौ सम्म लकडाउन
टुडेपाटी-
बटेश्वर, साउन ३१ गते ।
कोरोना भाइरसको संक्रमण धनुषाको बटेश्वरमा समुदायस्तरमा फैलिएपछि अत्यावश्यक स्वास्थ्य सेवा वाहेक अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ ।
शनिबार बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतको उपस्थिति तथा क्वारेन्टाइन संयोजक रुद्रनारायण यादवको अध्यक्षतामा बसेको बैठकबाट भोलि देखि लागू हुने गरि यस्तो निर्णय गरिएको हो ।
साउन ३२ गतेदेखि भदौ १० गतेसम्मका लागि गाउँपालिका अन्तर्गत रहेका सानो देखि ठूलो सम्पूर्ण हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राउतले जानकारी दिए ।
त्यसैगरी गाउँपालिका अन्तर्गतका सबै अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु सबै बिहान ७ बजे देखि १० बजे मात्र खुल्ने, सैलुन, पान पसल, होटल लगायतका पसलहरु पूर्ण रुपमा बन्द हुने गरि सर्वसम्मतबाट निर्णय गरिएको राउतले बताए ।
Sponsored