TodayPati

वीरगञ्जमा उच्च अदालतका खरिदारसहित थप २३ जनामा कोरोना संक्रमण

टुडेपाटी-
वीरगञ्ज, साउन ३१ गते ।

वीरगन्जमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्सा २० र बारा ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ७ जना महिला र १६ जना पुरुष रहेका छन् ।

नारायणी अस्पताल पीसीआर प्रयोगशालाले शुक्रवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ११ वर्षको बालकदेखि ६५ वर्षको वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

Sponsored

संक्रमित हुनेमा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंज परिसरभित्र रहेको उच्च सरकारी वकिलको कार्यालयका एक जना २८ वर्षीय खरिदार हुन् ।

त्यसैगरी, बारा, जितपुर बजारस्थित नेपाल इन्भेष्टमेन्ट बैंकका २८ वर्षीय कर्मचारी, स्वालम्बन लघुवित वितिय संस्था वीरगंजमा कार्यरत ५३ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पताल प्रयोगशालाले जनाएको छ ।

वीरगंज हेल्थकेयर अस्पतालमा वीरगंज १८ भवानीपुर बस्ने ३० र ५० वर्षिय दुई कर्मचारी, नारायणी बयोधा अस्पतालकी ३५ वर्षिय सफाईकर्मी र २४ वर्षे क्यान्टिन चलाउने पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी, नारायणी अस्पतालका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Sponsored

बारा, कलैया १२ की ४१ वर्षीया महिला, जितपुरका नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी तथा बयोधा अस्पतालका सफाईकर्मी बाराका बासिन्द्या हुन् भने बाँकी २० जनामध्ये १९ जना वीरगंजका विभिन्न वडा र एक जना पर्सागढी नगरपालिकाका बासिन्दा हुन् । वीरगंजको १९ जना संक्रमित वडा नं २, छपकैया, ६ माईस्थान, १३ राधेमाई, १५ भिस्वा, लक्षुमानावा, १६ नगवा, १८ भवानीपुर, २० अपौनीलगायत वडाका बासिन्दा रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *