TodayPati

कोरोना विरुद्ध तीनवटा खोप बनाउँदै छौं : मोदी

एजेन्सी-
नयाँ दिल्ली, साउन ३१ गते ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना विरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताएका छन् ।
शनिबार ७४ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीस्थित लालकिलामा सम्बोधन गर्दै मोदीले छिट्टै चाँडै उपलब्ध हुने बताएका हुन् ।

‘कोरोना महामारीका कारण नागरिक चिन्तित रहेका छ । सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकता छ । म तपाईँहरुलाई जानकारी दिन चाहन्छु कि भारतमा एउटा होइन, तीन–तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेका छन् । एक पटक स्वीकृति पाएसँगै हामीले यसको व्यापक मात्रामा उत्पादन गर्नेछौं ’ उनले भने ।

Sponsored

मोदीले सीमा जोडिएको देश मात्र नभएर मन मिल्ने देश पनि भारतको छिमेकी भएको बताएका छन् ।

‘चाहे जमीनबाट जोडिएका हुन् या समुन्द्रबाट हाम्रा छिमेकी देशसँग हाम्रो आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ’ उनले भने,‘पश्चिम एसियाली देशसँग हाम्रो सम्बन्ध पछिल्लो समय अझ राम्रो बन्दै गएको छ। ती देशमा हाम्रा नागरिकले काम गरिरहेका छन्। कोरोना प्रकोपका बेला सहयोग गर्ने ती देशप्रति पनि आभार प्रकट गर्न चाहन्छु ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *