कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु
टुडेपाटी-
बुटवल, साउन ३१ गते ।
कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एकजनाको मृत्यु भएको छ ।
साउन २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका कपिलवस्तु मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको शनिबार बिहान ८ बजे मृत्यु भएको हो ।
कोरोना पुष्टि भइसका ती पुरषको बिहान मृत्युभ भएको कोरोना फोलक पर्सन डा. सुर्दशन थापाले जानकारी दिए । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । यो संगै नेपालमा मृत्यु हुनेको संख्या सय नाघेको छ ।