TodayPati

वीरगञ्जमा थप एकजनाको कोरोनाबाट मृत्यु

टुडेपाटी-
पर्सा, साउन ३० गते ।

वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

Sponsored

कोरोना संक्रमण पुष्टि भइ अस्थायी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार राती करिब ८ बजे मृत्यु भएको सिंहले बताए ।

प्यारालाइसिस, मधुमेहका समेत बिरामी रहेका उनी कोरोना संक्रमण पुष्टि भइ गत साउन २७ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।

यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ । जस मध्ये पर्साका १९, बाराका ५,रौतहटका एक र परिचय खुल्न नसकेका एक जना रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *