नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाका कारण थप चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रवक्ता गौतमका अनुसार मोरङ र सिरहाका एकरएक जना पुरुष र बारामा २ जान पुरुष गरी चार जनाको मृत्यु भएको बताए ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको बताए ।
Sponsored
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो ।
प्रवक्ता गौतमले देशभरका क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेको जानकारी दिए ।
त्यस्तै पछिल्ले २४ घण्टमा २४० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।