TodayPati

बाराको जगदम्बा स्टिल उद्योगका ६ जना कोरोना संक्रमित कमर्चारी सम्पर्कविहीन भएपछि उद्योग सिल

रासस-
बारा, साउन ३० गते ।

बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल प्रालि सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले उद्योगलाई लापरवाही गरेको आरोप लगाउँदै श्रावन ३२ गतेसम्मका लागि सिल गरेको हो ।

उद्योगमा कार्यरत कोरोना पुष्टि भएका ६ कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रशासनले उद्योगलाई सिल गर्दै दुई दिनभित्र सम्पर्कविहीन रहेका कर्मचारीहरुको विवरण उपलब्ध गराउन आदेशसमेत दिएको छ ।

Sponsored

साउन २५ गते उद्योगमा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ६ जना अहिले उद्योगको सम्पर्कमा नरहेको प्रशासनले जनाएको छ । स्थानीयले सम्पर्कविहिन रहेका कर्मचारीहरुले समुदायमा कोरोना संक्रमण फैलाउने भनेर प्रशासनलाई गुनासो गरेपछि उद्योग सिल गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी बताए ।

बाराको प्रशासनले उद्योगलाई संक्रमितहरुका लागि उद्योग परिसरबाट बाहिर छुट्टै आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआर परीक्षण गर्नुपर्ने, सम्पर्कविहीन भएका संक्रमितहरुको मुलुक, सम्पर्क नम्बर खोजेर प्रशासन, स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउनुपर्ने आदेश दिएको छ ।

त्यस्तै निषेधाज्ञा आवधिभर उद्योगमा वीरगञ्जका विभिन्न भन्सार हुँदै आएका कच्चा सामाग्रीहरुको सवारी साधनलाई उधोगमा प्रवेश गर्न रोक लगाएको छ भने उद्योगमा उत्पादित सामाग्रीहरुको निकासी गर्नमा समेत प्रशासनले रोक लगाएको छ । त्यसैगरी प्रशासनले मन्त्री परिषद्को निर्णय अनुसार जनशक्ति ल्याउन नपाइने भएकोले यहाँ सञ्चालित उद्योगहरुमा भारतीय कामदारहरुलाई प्रवेश गर्न नदिइने जनाएको छ ।

Sponsored

त्यस्तै पथलैया–वीरगञ्ज करिडोरमा रहेका उद्योगहरुमा इलाका प्रशासन कार्यालय सिमराको प्रमुख वा निजले तोकेका अधिकृत कर्मचारीको नेतृत्वमा स्थानीय तह, प्रहरी, तथा सम्मबद्ध पक्षहरुको समितिले स्वास्थ्य सुरक्षा मापदण्डहरुको पालन गरेरनगरेको अनुगमन गरी पालना गर्न र स्वास्थ्य परीक्षण गर्न लागाउने र अभिलेख संकलन गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *