प्रदेश २ सरकारको मधेश भवनमा सुर्तीजन्य पदार्थ निषेध
टुडेपाटी-
जनकपुरधाम, फागुन ७ गते ।
प्रदेश २ सरकारको मन्त्रालय तथा आवास रहेको मधेश भवन परिसर भित्र सुर्तीजन्य पदार्थ निषेध गरिएको छ । प्रदेश २ सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेश भवन परिसरमा चुरोट, बिडी, सिगरेट, सूर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न रोक लगाएको हो ।
मधेश भवनको मूलढोकामा सुरक्षागार्डले मन्त्रालय पुग्ने सेवाग्राही र कर्मचारीको खानतलाशी गर्ने र सुर्तीजन्य पदार्थ बोकेको पाईएमा त्यसलाई फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालायले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले मंगलबारदेखि यसको प्रभावकारी थालनि गरिएको जनाएको छ ।
मादक पदार्थ,मनोदीपक पदार्थ र लागु पदार्थको सेवन गरि हुने सम्भावित चोरी,भौतिक संरचनामा क्षति एवं लैङ्गिक हिंसाका घटनाहरु तथा विभिन्न अपराधिक क्रियाकलापहरूलाई दृष्टिगत गर्दै सुरक्षा संवेदनशीलता समेतलाई ध्यानमा राखी मधेश भवन परिसर भित्र मादक पदार्थ, मनोदीपक पदार्थ तथा लागु पदार्थको सेवनलाई प्रदेश सरकार मन्त्रीपरिषदको निर्णय अनुसार पुर्ण रुपमा निषेधित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।
मधेश भवन परिसर भित्र लागु औषधजन्य तथा सर्तीजन्य पदार्थ फेला परे अब करबाही गर्ने आन्तरिक मामिला कानुनमन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
Sponsored