रौतहटमा रांगाभैँसी नियन्त्रणमा लिन स्थानीय र प्रहरी बिच झडप, १५ राउण्ड हवाई फायर
टुडेपाटी-
रौतहट, साउन २९ गते ।
रौतहटमा तस्करीको रांगाभैँसी बरामद गर्ने विषयमा प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपको क्रममा प्रहरीले १५ राण्ड हवाई फायर गरेको छ ।
रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटो हुँदै भाररतबाट ल्याएको ५८ वटा राँगाभैंसी नियन्त्रण गर्न प्रहरी जाँदा स्थानीयसंग झडप भएको हो ।
रांगा भन्सार कार्यालयलाई बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गर्दा हवाई १५ राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।
स्थानीय र व्यपारीले ढुंगामुढा गर्दै अवरोध गरेप िछ स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झडपपछि तस्करले रांगाभैँसी धपाउँदै लगेकोकाले बरारमद गर्न सकिएन । तस्कर र भैँसीको खोजविन भने भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored