ढल्केवरकी वृद्धासहित कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ९६ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, साउन २९ गते ।
कोरोना भाइरसको संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ९६ पुगेको छ ।
धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो ।
यस्तै अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।