धनुषा र महोत्तरी गरी देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु, ५२५ संक्रमित थपिए
टुडेपाटी-
जनकपुरधाम, साउन २९ गते ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । प्रदेश २ को धनुषकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा कोरोना संक्रमण्बाट मृत्यु भएको हो ।
यस्तै मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा, र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन् ।
यस्तै बिहीबार मुलुकभर कोरोनाका ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् । यीसहित हालसम्म १६ हजार ८ सय ३७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।
Sponsored