प्रणब मुखर्जी जिवीतै छन्, भारतका मिडिया फेक न्युजको फ्याक्ट्री हुन : मुखर्जीका छोरा
टुडेपाटी-
जनकपुरधाम, साउन २९ गते ।
भारतका पुर्व पूर्वराष्ट्रपति प्रणव मुखर्जी जिवितै रहेको र उनको स्वास्थय अवस्थामा क्रमिक रुपमा सुधार आएको उनका छोरा अभिजित मुखर्जीले जानकारी दिएका छन् ।
भारतीय मिडिया र पत्रकारले कोरोना भाइरसको संक्रमण पुष्टि भएर भेन्टिलेटरमा उपचाररत उनको मृत्यु भएको भनेर फेक न्युज फैलाएको उनले जनाएका हुन् ।
भारतीय पत्रकार र संचारमाध्यमले भ्रम फैलाएको भन्दै आक्रोशित भएका उनी समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भारतका मिडिया फेक न्युजको फ्याक्ट्री भएको टिप्पणी गरेका छन् ।
गएको सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए ।
Sponsored
भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।