TodayPati

वीरगञ्जमा मृत फेला परेका पुरुषमा कोरोना पुष्टि

टुडेपाटी-
वीरगञ्ज, साउन २८ गते ।

वीरगञ्जमा मृत अवस्थामा फेला परेका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मृत फेला परेका बाराको बिश्रामपुर गाउँपालिका ५ इटियाहिका ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

Sponsored

मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सामुदायिक प्रहरी सेवा केन्द्र नजिकै ती पुरुष मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले उनको शव नियन्त्रणमा लिइ नारायणी अस्पतालमा पठाएको थियो । मृतक पुरुषको स्वाब संकलन गरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *