TodayPati

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु , मृतक संख्या ९१ पुग्यो

टुडेपाटी
जनकपुरधाम, साउन २८ गते ।

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

Sponsored

मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १  गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये २ महिला र ६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *