सप्तरीमा थप ३१ जनामा कोरोना पुष्टि
शुभ नारायण यादव-
सप्तरी , साउन २८ गते ।
सप्तरीमा अाज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना राजविराज नगरपालिका तथा ४ जना रुपनी गाउँपालिकाका रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका वडा न. २ का १० जना, वडा नं. ६ का ९ जना, वडा नं. ७ का ६ जना, वडा नं. ८ का १ जना र गजेन्द्रनारायण सिंह अस्पतालका एक जना स्वास्थ्यकर्मी छन् भने रुपनी गाउँपालिका वडा न. ५ का तीन र वडा नं. ६ का १ जना संक्रमित भएका छन् ।
त्यस्तै राजविराज नगरपालिका वडा न. २ का २, १२, १४, ३०, ३५, ४६ र ५० वर्षका पुरुष तथा २०, ३९ र ४३ वर्षका महिला, वडा नं. ६ का १३ महिना, ३६, ७०, ७२ र उमेर नखुलेका पुरुष तथा ३, ५, १३, २२ र ५२ वर्षिय महिला, वडा नं. ७ का ३२, ३२ र ५४ वर्षिय पुरुष तथा २२, ३५ र ४८ वर्षिय महिला, वडा नं. ८ का २५ वर्षिया महिला संक्रमित भएको कार्यालयले जनाएको छ । त्यस्तै राजविराज सि्थत गजेन्द्रनारायण सिंह अस्पतालका ३२ वर्षिय स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भएको जनाईएको छ ।
यसेगरि जिल्लाके रुपनी गाउपालिका वडा न. ५ का ६० वर्षिय पुरुष तथा २७ र २९ वर्षका महिला तथा रुपनी ६ का २६ वर्षीय पुरुष पनि संक्रमित भएको कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयाे । यस्तै १ सय ३९ जनाको रिपोर्ट आउँदा ३१ जनामो पोजेटिभ देखिएको उहाको भनाई छ ।
यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ६१४ पुगेको छ। भने मृतकको संख्या तीन पुगेकाे स्वास्थ्य प्रमुख यादवले जानकारि दिनुभयाे ।
Sponsored
यता गत साउन ८ गतेदेखि भदाे २ गते सम्मका लागि सप्तरी जिल्ला भरि ने निषेधाज्ञा जारि गरेका छन ।