TodayPati

नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मीेले दिएका सामूहिक राजीनामा भएन स्वीकृत

टुडेपाटी-
वीरगञ्ज, साउन २८ गते ।

वीरगञ्जस्थित नारायणी अस्पतालका करिब साढे ३ सय चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बुझाएका सामुहिक राजीनामा स्वीकृत भएको छैन । जिल्ला प्रशासन कार्यालय पर्सामा गत साउन २५ गते साँझ नै राजीनमा पत्रसहितका निवेदन बुझाएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

स्थानीय रुपमा शान्ति सुरक्षा तथा उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहेको भन्दै आफुहरुले बाध्य भएर सामुहिक राजीनामा दिएको उनले स्पष्ट पारे । ’नारायणी अस्पतालमा गत साउन २४ गते भएको तोडफोडको घटनालाई लिएर गत साउन २५ गते नै प्रशासनमा सामुहिक राजिनामा दिएको हौं । अहिले स्वीकृत भएको छैन, सेवा जारी राखेका छौ,’ उनले भने ।

Sponsored

कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामुहिक राजीनामा दिन बाध्य भएको उनले बताए । गत साउन २४ गते बिहान वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सोही विषयलाई लिएर साउन २५ गते अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए ।

तोडफोडका क्रममा अस्पतालका झ्यालका सिसा फुट्नुका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ । उनीहरुले अस्पतालका चिकित्सकविरुद्ध नाराबाजीसमेत गरेको र डा. उदयनारायण सिंहको कारको सिसा पनि फोडेका थिए । काम छाडेर भाग्ने आफुहरुको नियत नभएको तर सांकेतिक दबाब दिन र स्थानीय प्रशासनलाई शान्ति सुरक्षा व्यवस्थापन तथा वैकल्पिक स्रोत साधन व्यवस्थापनको लागि आफूहरुले राजीनामा दिएको नारायणी अस्तपालका फिजिसियन तथा गण्डक कोभिड अस्पतालको कोर्डिनेटर डा. उदयनारायण सिंहको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *