TodayPati

छड, सिमेन्ट, इँटा लगायतका निर्माण समाग्रीको भाउ बढ्यो, कुन समाग्रीको मूल्य कति पुग्यो ?

टुडेपाटी

जनकपुरधाम, साउन २८ गते ।

कोरोना भाइरस संक्रमणले व्यावसाय धारासायी हुनथालेपछि विभिन्न कारण देखाउँदै निर्माण समाग्रीको मूल्यवृद्धि गरिएको छ ।

Sponsored

संक्रमणकालीन अवस्थामा विकास निर्माणको काम अवरुद्ध भएपनि निर्माण सामग्रीको मूल्य भने बढेको छ ।

व्यवसायीका अनुसार ढुवानी भाडा बढेका निर्माण सामग्रीको भाउ बढाइएको हो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले ढुवानीमा दोब्बर वृद्धि भएका कारण हरेक निर्माण सामग्रीको मूल्य बढाइएको जानकारी दिए ।

Sponsored

उनका अनुसार ढुवानीका कारण देखाउँदै प्रत्येक निर्माण सामग्रीको भाउ १० देखि १५ प्रतिशत बढेकाले यसको प्रत्यक्ष असर निर्माण कम्पनीलाई परेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी बन्दाबन्दीपछि निर्माण सामग्रीको ढुवानी बढेर भाउ महँगो भएको उनको भनाइ छ ।

महासंघका अनुसार निर्माण सामग्रीको भाउ आव २०७३ / ७४ मा भन्दा आर्थिक वर्ष २०७४ /७५ र २०७५ /७६ मा क्रमशः घटेको थियो । आव २०७३ /७४ मा प्रतिबोरा सिमेन्ट एक हजार एक सय रुपैयाँ र प्रतिकेजी डन्डी ९० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै अन्य सामान बालुवा, गिट्टी, इँटा लगायतका निर्माणमा प्रयोग हुने सामानमा पनि पनि त्यही अनुपातमा मूल्य बढेको थियो ।

तर आर्थिक वर्ष २०७५/७६ मा सिमेन्ट प्रतिबोरा ६५० देखि सात सय रुपैयाँ र डन्डी प्रतिकेजी ५८ देखि ६० रुपैयाँसम्ममा किनबेच भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को सुरुतिर श्रमिकको ज्यालाका कारण देखाउँदै उद्योगीले सिमेन्ट प्रतिबोरा नौ सय रुपैयाँ र डन्डी प्रतिकेजी ८०/८२ रुपैयाँसम्म पु र्‍याए ।

निर्माण व्यवसायीको विरोधपछि त्यसमा केही घटेको सिमेन्ट र डन्डीको भाउ अहिले पुनः बढेको निर्माण व्यवसायीले बताएका छन् ।

महासङ्घका अनुसार सिमेन्ट प्रतिबोरा ८५० देखि ९ सय रुपैयाँ, डन्डी प्रतिकेजी ८० रुपैयाँ र एक नम्बर इँटा प्रतिहजारको १७ हजार पाँच सयदेखि १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गिट्टी र बालुवा पनि त्यही अनुपातमा बढेको महासङ्घले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *