TodayPati

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

एजेन्सी-
नयाँदिल्ली, साउन २७ गते ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर बनेको छ ।

सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए ।

Sponsored

भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। हाल उनी ८४ वर्षका भए ।

केहीदिन अगाडि मात्र भारतका गृहमन्त्री अमित शाहमा पनि कोरोना पुष्टि भएको थियो ।

Sponsored

हाल भारत कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ । भारतमा २२ लाख ७१ हजारमा कोरोना पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ४५ हजारको ज्यान गएको छ भने १५ लाख ८३ हजार उपचारपछि स्वस्थ बनेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *