TodayPati

प्रदेश २ : डाक्टर, नर्स, प्रहरी र सर्वसधारण सहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि

टुडेपाटी-

जनकपुरधाम, साउन २७ गते ।

प्रदेश २ मा थप ७० जनामा कोरोना संक्रमण पाइएको छ । पर्सा र बारामा गरी थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टिभएको हो ।

Sponsored

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका ४ जनामा कोरोना संक्रमण पाइएको हो। थ

पिएका संक्रमितहरुमा डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नेसनल मेडिकल कलेज वीरगन्जका २ चिकित्सकसहित ३ जना, नारायणीका ३ स्टाफ नर्स र २ कार्यालय सहयोगी र एक जना सशस्त्र प्रहरी रहेका छन् ।

Sponsored

यस्तै वीरगन्जकै भवानी हस्पिटलका पनि ६ कर्मचारीमा संक्रमण पाइएको उनले जानकारी दिए ।

संक्रमित मध्ये २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षसम्मका रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *