TodayPati

भयानक विस्फोटपछि संकटमा परेका लेबनानी प्रधानमन्त्री सहित सबै मन्त्रीले दिए राजीनामा

टुडेपाटी-

काठमाडौँ, साउन २७ गते ।

लेबननका प्रधानमन्त्री हसन डिएबसहितका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् ।

Sponsored

राजधानी बेइरुतमा शक्तिशाली बिस्फोट भएको एक सातापछि प्रधानमन्त्री डिएबसहित सबै मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै सामुहिक राजीनामा दिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट भएको आरोप लगाउँदै जनस्तरमा आक्रोश चुलिएपछि लेबनन संकटमा फस्दै गएको छ ।

Sponsored

कम्तीमा २२० जनाको ज्यान जाने गरी गत मंगलबार बेइरूतमा भएको बिस्फोटमा ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *