TodayPati

जनकपुरको JMC सिटी हस्पिटलको आईसियुमा भर्ना भएका बिरामी कोरोना पोजेटिभ, उपचार बन्द

टुडेपाटी-

जनकपुरधाम, साउन २७ गते ।

जनकपुरको जानकी मेडिकल शिक्षण अस्पताल (सिटी अस्पताल) को आइसियुमा भर्ना भएका एकजना बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

Sponsored

गएको शनिवार ग्यास र उच्च रक्तचापको समस्या देखिएपछि एम्बुलेसमा राखेर काठमाडौँ लैजाँदै गर्दा मिथिला नगरपालिका ८ बस्ने ती पुरुष बर्दिबासमा मुर्छा परेका थिए ।

त्यसपछि उनलाई बर्दिबासस्थित सिटी केयर हस्पिटलमा प्राथमिक उपचार गरी चिकित्कको सल्लाह अनुसार जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालमा आइसियुमा भर्ना गरिएको थियो ।

बिरामीलाई दुइ दिन आइसियुमा राखेर थप उपचारकालागि काठमाडौँ जान चिकित्सकले सुझाव दिएका थिए । सोही अनुसार हेलिक्पटरबाट उनलाई थप उपचारकालागि काठमाडौँ लैजाने परिवारजनको योजना थियो ।

Sponsored

तर हेलिकप्टरले पिसिआर रिपोर्ट आएपछि मात्र विरामी बोक्ने भनेपछि प्रादेशिक जनस्वास्थय प्रयोगशाला जनकपुरमा उनको स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएको थियो ।

सोमवार दिउँसो करिब २ बजे उनको रिपोर्ट पोजेटिभ आएको उनका छोराले बताए । अस्पताललाई विरामीको रिपोर्टको विषयमा जानकारी गराउँदा अस्पतालले बिरामीको उपचार गर्न नमानेको बिरामीको परिवारजनले जनाएको छ ।

‘बुवाको अवस्थामा सुधार आइसकेको थियो तर हिजोदेखि डाक्टरले न उपचार गर्न मानेको छ । न हामीलाई बुवालाई भेट्न जान दिएको छ,’ उनका छोराले भने, ‘सिडियोलाई भनेको छु । कोरोना अस्पातालाई हिजैदेखि भनेको भनै छु तर कसैले सुनवाई लिइरहेको छैन् । ’

अस्पतालले विरामी लान समेत दबाब र धम्की दिँदै आएको परिवारजनको आरोप छ ।

यस्ता अस्पताल प्रशासनले आइसियुमा अन्य चारजना सिकिस्त बिरामी रहेको र अन्य बिरामीसहित अस्पतालका कर्मचारीहरुलाई समेत जोखिम भएकाले संक्रमितलाई बाहिर सेवासुविधा भएको अस्पतालमा लैजान आग्रह गरेको बताएको छ । अस्प्ताल प्रशासनका सुनिल यादवले बिरामीको उपचार नरोकिएको तथा बिरामी लैजान धाकधम्की समेत नदिएको दावी गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *