TodayPati

पानीको बोतल १६ रुपैँया भन्दा बढीमा बेच्न नपाइने

टुडेपाटी-

जनकपुरधाम, साउन २६ गते ।

 खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ ।

Sponsored

सरकारले प्रशोधित पानीको अधिकतम बजार मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा विक्रिवितरण हुँदैआएको जार र बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो ।

विभागको नेतृत्वमा गठन भएको प्रशोधित पानीको जार तथा बोटलको पानी मूल्य निर्धारण कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै विभागले सोमबार पानीको नयाँ बजार मूल्य (एमआरपी) तोकेको हो ।

विभागको प्रतिवेदन अनुसार प्रशोधित पिउने पानीको खुद्रा मूल्य प्रतिबोटल अधिकतम १६ रुपैया तोकिएको छ । त्यस्तै प्रशोधित पिउने पानीकै प्रतिजार अधिकतम ५० रुपैंया मूल्य निर्धारण गरिएको छ ।

Sponsored

विभागको प्रतिवेदन अनुसार अबदेखि पानी उत्पादक तथा वितरक कम्पनीहरुले प्रतिजार २० रुपैंयामा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैंयासम्म बेच्न पाउनेछन् भने अधिकतम खुद्रा मूल्य (एमआरपी) ५० रुपैंया तोकिएको छ ।

त्यस्तै बोटलको प्रसोधित पानीमा भने विभागले प्रतिकार्टुन कम्पनीले ११० रुपैयाँ , डिस्ट्रीब्युटरले १३० रुपैयाँमा र खुद्रा व्यापारीले १५० रुपैंयासम्म बेच्न पाउने बताएको छ ।

तर बजारमा बिक्रि गरिने प्रति १ लिटर बोटलको पानीमा भने धिकतम १६ रुपैयाँ भन्दा बढि लिन नपाउने विभागले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *