TodayPati

लामो दुरीको यातायात र हवाई उडान भदौ १६ गतेदेखि खुल्ने, सीमामा थप कडाई गरिने

टुडेपाटी-

काठमाडौँ, साउन २६ गते ।

अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खुल्ने भएको छ ।

Sponsored

सरकारले १ भदौबाट खुला गर्ने भनिएको यातायात र बाह्य तथा आन्तरिक उडान जप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार सीमामा भने थप कडाई गरिएको छ ।

भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।

Sponsored

मन्त्रीपरिषदको बैठकबाट तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न निर्णय भएको छ ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *