TodayPati

सप्तरीमा सयौं मलामी गएको फोटो खिचेपछि पत्रकारका परिवारमाथि आक्रमण

शुभ नारायण यादव-
सप्तरी, साउन २६ गते ।

मृत्यु भएका पुरुषको अन्तिम संस्कारका लागि भिड लगाएर मलामी पुगेको तस्वीर खिच्ने सप्तरीका एकजना पत्रकारमाथि आक्रमण भएको छ ।

सप्तरी सदरमुकाम राजविराज १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । शवको अन्तिम संस्कार गर्नका लागि झण्डै २ सय जना मलामी गएको पाइएपछि पत्रकार परिष कर्णले त्यसको तस्वीर लिका थिए ।

Sponsored

कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा यत्रो भींड जम्मा गरेको देखेपछि आफूले फोटो लिएको पत्रकार कर्णले बताएका छन् ।
फोटो लिएर उनी फर्किए लगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाईलाइ कुटपिट गरेको कर्णले बताएका छन् ।

‘म त्यो फोटा खिंचेर कार्यालयतर्फ निस्केको केहि बेरमै ती समूह घरभित्र पसेर कसले हाम्रो फोटो तान्यो भन्दै जथाभावी तरिकाले परिवारमाथि हातपात गरेका छन्’ पत्रकार कर्णले भने ।
पत्रकार कर्णका भाई अन्जयले भने, “हामीलाई बोल्ने मौका नै नदिई आफूहरुमाथि हातपात गर्न थाले ।”

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा यो घट्नाले पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताएका छन् । घट्नामा संलग्न व्यक्तिलाई अबिलम्ब छानबिन गरी दोषीलाई कार्वाही गर्न उनले माग गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *