प्रदेश २ मा सोमबार १५३ जनामा कोरोना पुष्टि, तीनजनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा १५३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका १३ प्रहरी र थुनुवासहित पर्सामा ९२ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ र महोत्तरीमा ३ संक्रमित थपिएका छन् । यो संगै २ मा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाबाट ३ जनाको मृत्यु भए निर्देशनालययले पुष्टि गरेको छ ।
धनुषाका ५० वर्षीय १ पुरुष, पर्साका २० र ४५ वर्षीय दुई महिलासहित तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । प्रदेश २ मा कोरोना संक्रमणबाट अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ ।
Sponsored