TodayPati

कोरोनाबाट मृत्यु भएकाको लासलाई जनकपुरमै जलाएपछि संत्रास

टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।

कोरोन भाइरसको संक्रमणबाट मृत्यु भएको लासलाई जनकपुरमै जलाएपछि संत्रास फैलिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको लासलाई व्यवस्थित तरिकाले माटो खनेर गाड्ने गरिन्छ । तर कोरोना संक्रमणबाट धनुषामा आइतबार मृत्यु भएका ४७ वर्षीय पुरुषको लासलाई भने जनकपुरकै बिचमा पर्ने स्वर्गद्वारी स्मसानघाटमा दाहसंस्कार गरिएको हो ।

जनकपुरको कदमचोक स्थित विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा कार्यरत्त सुक्षा गार्ड रहेको ती संक्रमित पुरुषको आइतबार सोहि अस्पतालमा मृत्यु भएको थियो । रुघाखोकी, झाडापाखाला, ज्वारो आएपछि ती पुरुष घरमै औषधि खाएर बसेपनि श्वासप्रश्वासमा समस्या भएपछि आइतबार उनलाई भर्ना गरिएको थियो ।

Sponsored

मृत्यु पश्चात उनको कोरोना परिक्षणको लागि स्वाब संकलन गरी प्रशासनले शव व्यवस्थापनको परिवारजनलाई जिम्मा लगाएको थियो ।

परिवारजनले आइतबार नै ती पुरुषको शवलाई जनकपुरकै स्वर्गद्वारी स्मसानघाटमा जलाएका छन् । तर सोमबारर ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि जनकपुरमा संत्रास फैलिएको छ । यसमा प्रशासनले गम्भीर लापरवाही गरेको भन्दै स्थानीयले समाजिक संजालमा टिकाटिप्पणी गरिरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *