धनुषाको नगराइन नगरपालिकामा साउनभरी नै लकडाउन
टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।
कोरोना संक्रमण बढदै गएपछि धनुषाको नगराइन नगरपालिका एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण र समुदाय स्तरमा फैलिनबाट रोक्न नगरपालिकाले नगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो ।
नगराइन नगरपालिकाले आजैदेखि नै लागू हुने गरी साउन ३२ गते सम्मको लागि नगरक्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको नगराइनका नगरप्रमुख परमेश्वर यादवले जानकारी दिए ।
यस अवधिमा नगरपालिकाको कार्यालय, सम्पूर्ण वडाकार्यालय, बजार लगायत सम्पूर्ण संघसंस्था तथा कार्यालयहरु पुर्ण रुपले बन्द गर्ने निर्णय भएको प्रमुख यादवले बताए ।
यस अवधिमा कुनै प्रकारको मेला, सभा-समेलन, भोजभतेर लगायतको काम हुने छैन ।
Sponsored