भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण
टुडेपाटी-
नयाँदिल्ली, साउन २६ गते ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुखर्जीले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।
फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले ट्वीट मार्फत जानकारी दिएका हुन् ।
उनले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गरेका छन् ।
Sponsored