TodayPati

धनुषामा कोरोनाबाट पुनः एकजनाको मृत्यु भएको पुष्टि

नितेश यादव-
जनकपुरधाम, साउन २६ गते ।

धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

जनकपुरको कदमचोकस्थित विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरमा कार्यरत कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

Sponsored

सोही हस्पिटलमा गार्डको रुपमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललिला घर भएका ४५ वर्षीय पुरुष कार्यरत रहेका थिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको सीडीओ भट्टराईले बताए ।

उनी समान्य ज्वरो आएको भन्दै यसअघि स्थानीय औषधीपसलबाट औषधी लिइरहेका थिए । तर अस्पतालले भने केहीदिनयता झाडापखाला लागेर आइतबार विहान अवस्था गम्भीर भएपछि अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

क्यानसर सेन्टरका म्यानेजर सुरेश साहले भने, ‘रक्षाबन्धनको भोलीपल्ट वहाँ घर जानुभयो । अस्ति त्यहीँको स्वास्थ्य चौकीमा उपचार गराउनु भयो । तर त्यहाँ निको भएन आइतबार विहान सिरियस भएपछि वहाँको छोराले ल्याउने क्रममा बाटोमै मृत्यु भयो ।’

Sponsored

यीस्तै शनिबार नै जनकपुर स्थित काव्या हस्पिटलमा उपचारको क्रममा मृत्यु भएका अर्का मृतक धनुषाको शहिदनगर नगरपालिका ८ का ५० वर्षीय पुरुषको रिपोर्ट निगेटिभ आएको प्रजिअ भट्टराईले जानकारी दिए । उनी मुटु र दम रोगबाट ग्रसित थिए ।

यसअघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो भने धनुषाको मिथिला नगरपालिका लालगढकी एक महिलाको मृत्यु भएको थियो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *