TodayPati

विद्युत् प्राधिकरण ढल्केबर ग्रिड शाखाका हाकिम गुप्ता १ करोड बढीको चेकसहित अख्तियारको फन्दामा


टुडेपाटी-
जनकपुरधाम, साउन २४ गते ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्ता करोड बढीको  कार्यालयका चेकसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँबराबरको हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत हुन बाँकी चेकसँग सम्बन्धित कागजातसहित पक्राउ गरेको हो ।

Sponsored

  काठमाडौं जाने क्रममा उनलाई सिन्धुली कमलामाई नगरपालिका ९ बाट नियन्त्रणमा लिएको  अख्तियारले जनाएको छ ।

आयोगका अनुसार गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी काठमाडौं जाँदै गर्दा पक्राउ गरेको हो। गुप्तामाथि  थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *