TodayPati

सर्लाहीमा ३३ सहित प्रदेश २ मा थपिए ११७ कोरोना संक्रमित

टुडेपाटी-
जनकपुरधाम, साउन २४ गते ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा १८ जना महिला सहित १ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा ४७, सार्लाहीमा ३३, धनुषामा १६, महोत्तरीमा १४ र बारामा ७ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ६३१ पुगेको छ । प्रदेश २ मा बुधबारसम्म २६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

Sponsored

उनका अनुसार पछिल्लो २४ घण्टामा २ महिलासहित ३० जना उपचार पश्चात कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *