TodayPati

सप्तरीमा खेलाडी, शिक्षक र पुस्तक व्यावसायीसहित ७ जनालाई कोरोना पुष्टि

शुभ नारायण यादव-
सप्तरी, साउन २४ गते ।

सप्तरीमा पछिल्लोपटक खेलाडि, शिक्षक र पुस्तक व्यवसायीमा पनि कोरोना संक्रमण भएको छ । राजविराज स्थित गजेन्द्रनारायण सिंह अंचल अस्पतालमा शनिबार गरिएको पीसीआर परीक्षणमा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी, शिक्षक र पुस्तक व्यावसायीसहित सातजना संक्रमित भएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा भएको परीक्षणअनुसार २ सय ५२ जनामध्ये सात जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

कोरोना संक्रमित हुनेमा सप्तरीको राजविराज नगरपालिका ५ का ३४ वर्षीय क्रिकेट खेलाडी, ६२ वर्षीय उनका बुवा र ६१ वर्षीया उनकी आमा, सोही वडा बस्ने मविव क्याम्पस राजविराजका आंशिक शिक्षक ४० वर्षीय पुरुष र उनका २५ वर्षीय भाञ्जा तथा राजविराज नगरपालिका –७ का ५६ वर्षीय पुस्तक व्यावसायी र उनका २६ वर्षीय छोरा रहेका छन् ।

महोत्तरीको बर्दिवासस्थित पावनमिथिला होटलमा साउन १५ गते भएको समृद्धिको बैठकमा पुगेर फर्किएका क्रिकेट खेलाडीलाई ज्वरो र रुघा खोकी लागेपछि चेकजाँच गराएका थिए । आंशिक शिक्षक र उनका भाञ्जाले उनीहरुको छिमेकी संक्रमित भएका कारण परीक्षण गराएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *