पाकिस्तानको धार्मिक र्यालीमा बम विस्फोटमा परी ७ जनाको मृत्यु, २५ घाइते
एजेन्सी-
जनकपुरधाम, फागुन ६ गते ।
पाकिस्तानको एक धार्मिक र्यालीमा सहभागी भएका ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । पाकिस्तानको क्वेट्टा शहरमा आत्मघाती बम आमक्रम हुँदा सो घटना भएको जनाइएको छ ।
अहलले सुन्नत वाल जम्मात पार्टीले आयोजना गरेको र्यालीमा विस्फोट भएको हो। उक्त पार्टीको सशस्त्र लडाकू संगठनहरुसँग सम्बन्ध रहेको बताइन्छ।
बलोचिस्तान प्रान्तका गृह मन्त्री जिया लाङगोभका अनुसार आत्मघाती आक्रमणकारी एक मोटरसाइकलमा आएका थिए। चेकपोस्टमा उनलाई प्रहरीले रोक्न खोज्दा त्यही नै विस्फोट भएको थियो।
उक्त आक्रमणको जिम्मेवारी हालसम्म कुनै समुहले लिएको छैन। प्रहरीले घटना बारे अनुसन्धान सुरु गरिरहेको छ।
Sponsored