TodayPati

रेशम चौधरी सहित ११ जनालाई छोड्न माग, माग पुरा नभए कडा आन्दोलन गर्ने मोर्चाको तयारी

टुडेपाटी-

काठमाडौँ, साउन २४ गते ।

कैलालीको टीकापुर घटना प्रकरणमा थुनामा रहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी सहित ११ जनालाई रिहा गर्न माग गर्दै थरुहट थारुवान मोर्चाले आन्दोलनको चेतावनी दिएको छ ।

Sponsored

शनिबार कैलालीमा पत्रकार सम्मेलन गरी घटनाको राजनितिक रुपमा समाधान निकाल्न माग गर्दै मोर्चाले आफूहरुको माग सुनुवाइ नभए सरकारलाई नै बहिस्कार गर्ने चेतावनी दिएको छ ।

मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले ३ महिना भित्र राज्यले सो घटनाको समस्या समाधान नगरे सरकार र सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बहिस्कार गरिने चेतावनी दिए ।

साथै मोर्चाले यसका लागि संघर्षका कार्यक्रम पनि तय गरेको छ ।

Sponsored

जसअनुसार साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ मा मानव अधिकार र नागरिक अगुवाहरुसँग छलफल गर्ने, भदौ ७ मा विरोध सभा गर्ने र भदौ ८ टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने रहेको छ ।

त्यसैगरी असोज ३ मा देशव्यापी संविधानका धारा जलाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए नयाँ आन्दोलनका कार्यक्रमहरु तय गरिने मोर्चाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *