TodayPati

पर्सामा फेरि अर्का एकजना मेयरसहित ५५ जनामा कोरोना देखियो

टुडेपाटी-

पर्सा, साउन २४ गते ।

पर्सामा फेरि अर्को एक जना मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Sponsored

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायका अनुसारशुक्रबार राति गरिएको परीक्षणमा सबै भन्दा बढी पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बारा जिल्लाका दुई र सर्लाही जिल्लाका एक जनामा पनि कोरोना संक्रमण देखिएको उनले बताए ।

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहमा पनि शुक्रबार राति गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । बहुदरमाई नगरपालिकाका ९ जना स्वास्थ्यकर्मीसहित त्यहाँका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज १० का ६ जना, ११ का चार, वडा नम्बर १६ का चार तथा वडा नम्बर १२ का दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै पर्साको बिन्दबासिनी गाउँपालिकाका एक, छिपहरमाई गाउँपालिकाका दुई जना, सेनाका एक जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

Sponsored

संक्रमण देखिनेमा दुगड ग्रुपका दुई कर्मचारीसमेत रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *