TodayPati

एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

टुडेपाटी-
काठमाडौं, साउन २४ गते ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने र विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको जनाएको छ ।
तयार गरेको नतिजा एकपटक अन्तिम परीक्षण भइरहेको बोर्डले जनाएको छ । परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिए ।

साउन दोस्रो साता भित्रै नतिजा प्रकाशन गर्ने बोर्डले तयारी गरे तापनि कोरोना संक्रमण जोखिम बढेपछि नतिजा प्रकाशन गर्न सकेको नसकेको उनको भनाइ छ । बोर्डले यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागेको हो । नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेडसिट प्रदान गर्ने जनाएको छ ।

Sponsored

गएको चैतमा एसईई परीक्षा संचालनको पूर्व संध्यामा कोरोना संक्रमणको जोखिम उच्च भएपछि परीक्षा स्थगित गरेको थियो । लामोसमय लकडाउन हुँदा बोर्डले परीक्षा लिन सकेन । त्यसैले यसपटक विद्यालयको आन्तरिक मूल्यांइकनको आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।

यसपटक एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *