TodayPati

मन्त्री यादवको सम्पर्कमा गएका प्रधानमन्त्री ओली लगायत सबै भीआइपीको रिपोर्ट निगेटिभ

टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।

कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिला तया कानुन मन्त्री ज्ञानेन्द्र यदावको कन्ट्याक्ट ट्रेसिंगमा परेका प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै भीआइपीको पीसीआर रिपोर्ट निगेटिभ आएको छ । शुक्रबार बिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

ओलीसहित कानुन मन्त्री यादवसंगको भेटघाट गरेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

Sponsored

कानुन मन्त्री यादव प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको प्रहरी समायोजन सम्बन्धी छलफलमा भाग लिन काठमाडौं गएका थिए ।
छलफल सकेर साउन १७ गते फर्केका प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई बुधबार संक्रमण देखिएको थियो । त्यस पश्चात छलफलमा सहभागि प्रधानमन्त्री लगायत भीआइपीहरुको कोरोना परिक्षण गरिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *