TodayPati

भारतको केरलमा १९१ जना सवार बिमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी-
दिल्ली, साउन २३ गते ।

भारतको केरलमा विमान दुर्घटना हुँदा एक पाइलटसहित कम्तीमा तीन जनाको ज्यान गएको छ ।

दुबईबाट आएको एयर इन्डियाको विमान केरलस्थित कोझिकोड विमानस्थलमा अवतरणका धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ ।

Sponsored

विमानमा यात्रु र चालक दलका सदस्यसहित १ सय ९१ जना सवार थिए । दुर्घटनास्थलबाट धेरैजसोको उद्दार भइसकेको जनाइएको छ ।

कम्तीमा ३५ जना घाइते भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरुले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *