TodayPati

संक्रमित प्रदेश २ का मन्त्री यादवको सम्पर्कमा आएका प्रधानमन्त्री ओलीको कोरोना परिक्षण हुँदै

टुडेपाटी-

जनकपुरधाम, साउन २३ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना संक्रमण परिक्षणकालागि स्वाब संकलन गरिएको छ ।

Sponsored

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको सम्पर्कमा आएका उनमा संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीको क्लोज कन्ट्रयाकमा रहेका सबैको स्वाब परीक्षण गरिएको छ ।

Sponsored

यसअघि समेत प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो ।

त्यसको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *