TodayPati

सिरहाका २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

टुडेपाटी-

सिरहा, साउन २३ गते ।

सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संंक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार राति उनको मृत्यु भएको जिल्ला  स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवले जानकारी दिए ।

Sponsored

उनी विगत तीन वर्ष देखि किड्नीको समस्याले सिकिस्त रहेका थिए ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने यादवले बताए । मृत्यु भएका युवकमा गत बुधबार संक्रमण पुष्टि भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *