TodayPati

कोरोना संक्रमणबाट धनुषाकी ७२ वर्षीया महिलाको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, साउन २२ गते ।

धनुषाका थप एक जना महिलाको कोरोना संक्रमणका कारण काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

Sponsored

ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी ती महिला दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओम अस्पतालमा ल्याइएको थियो ।

आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *