TodayPati

दुबईमा नेपालीले खोल्दै क्विक एडभेन्चर ट्राभल

दुबई, फागुन ५ गते ।

नेपालीहरुलाई सेवा सहज सुलभ सेवा प्रदान गर्ने उद्देश्यले दुबईमा क्विक एडभेन्चर ट्राभल एण्ड टुरिज्म एलएलसी सञ्चालनमा आउन लागेको छ ।

युएईमा बस्ने नेपालहरुलाई उच्च प्राथमिकतामा राखेर छिटोछरितो र प्रभाकारी सेवा दिने उद्देश्यले अनुरुप दुबईमा नेपाली युवा व्यवसायी सप्तरीका अशोक चौधरी र धनुषा ढल्केबरका मुकेश साहले संयुक्त लगानीमा क्विक एडभेन्चर ट्राभल सञ्चालनमा ल्याउन लागेका हुन् ।

Sponsored

हावाई टिकट, भिजिट भिसा, भिसा परिवर्तण, भिसा नविकरण, डजर्ट सफारी, धौ क्रुज सफारी, नेपाल टुर प्याकेज लगायतका सेवाहरु अन्य ट्राभल भन्दा सस्तो, सुलभ रुपमा नेपालीहरुलाई प्रदान गर्ने योजनाका साथ क्विक एडभेन्चर ट्राभल सञ्चालन गर्न लागेको युवा व्यवसायी मुकेश साहले बताए ।
युएईबाट घुम्न जानेहरुका लागि भिजिट भिसा, हवाई टिकट लगायतका सबै व्यवस्थापन क्विक एडभेन्चरले प्रदान गर्ने व्यवसायी अशोक चौधरीको भनाइ छ ।
क्विक एडभेन्चर ट्राभलको अगामी शिवरात्रीको दिन उदघाटन गर्ने संचालकले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *