TodayPati

शनिबार रातिदेखि फेरि भारी वर्षाको सम्भावना, आज र भोलीको मौसम कस्तो रहने ?

टुडेपाटी-

जनकपुरधाम, साउन २२ गते ।

मौसमविदले नेपालमा शनिवार रातिदेखि भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।

Sponsored

शनिबार रातिदेखि मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले वर्षा बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज र भोलि समेत देशका विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर मौसम सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Sponsored

प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।


यस्तै शुक्रबार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश २ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

यस्तै त्यस राति पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *