पेट्रोल, डिजेल र मट्टी तेलको भाउ घट्यो
टुडेपाटी-
काठमाडौं, फागुन ५ गते ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँको दरले घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।