प्रदेश २ सहित देशभर भोलिदेखि सवारीमा जोर विजोर प्रणाली लागू
टुडेपाटी-
काठमाडौँ, साउन २१ गते ।
बिहीवारबाट जनकपुर सहित देशका अधिकांस भागमा सार्वजनिक सवरी साधनमा जोर विजोर प्रणाली लागु हुने भएको छ ।
प्रदेश २ का जिल्ला सहित २०० जना भन्दा बढी कोरोना संक्रमित रहेको जिल्लामा जोर विजोर प्रणाली लागू हुने गृहमन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए
सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।
Sponsored