TodayPati

भगवान रामकै कारण नेपाल र भारतबीचको सम्बन्ध आत्मिय : मोदी

एजेन्सी-
अयोध्या, साउन २१ गते ।

भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले भगवान रामसँग नेपालको आत्मिय सम्बन्ध’ भएको बताएका छन् । बुधबार भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिको शिलान्यास गर्दै उनले रामसँग नेपालको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको बताएका हुन् ।

मोदीले श्रीलंकामा पनि रामायणको कथा चासोका साथ पढिने बताउँदै नेपाल र भारतबीचको सम्बन्ध भगवान रामकै कारण आत्मिय भएको बताए ।

Sponsored

मोदीले सो क्रममा विश्वका मुस्लिम देशमा समेत रामको पूजा हुने गरेको उल्लेख गरेका छन् ।

उनले राम भारतीय संस्कृतिको आधार भएको बताउँदै राम हरेक भारतीयको मन र मस्तिष्कमा भएको जनाए ।
मोदीले भगवान रामको अस्तित्व मेटाउने प्रयास भएको बताउँदै त्यस्ता कार्य कहिल्यै सफल नहुने बताए ।
मोदीले ‘भगवान राम सबैको हो र सबै भगवान रामको’ भएको पनि बताएका थिए ।
मोदीले मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै मन्दिरको शिलान्यास गरेका हुन् ।

भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो । त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो ।

Sponsored

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो ।

मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा हालेको बताइएको छ । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *