कोशी अस्पतालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु
टुडेपाटी-
विराटनगर, साउन २१ गते ।
विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
बुधबार विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिए ।
अस्पतालको आइसोलेसनमा उपचाररत महानगरपालिका ९ का पुरुषको दिउँसो १ बजेर १० मिनेटमा निधन भएको उनले बताए । जण्डिसका विरामी उनलाई ज्वरो आएपछि परिवारले अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।
अस्पतालले ज्वरोको लक्षणसंगै विरामीको स्वाब परिक्षणका लागि नमुना संकलन गरेको थियो । यसक्रममा बुधबार मृत्यु भएपछि अपरान्ह करिब ३ बजेर ३० मिनेटमा पीसीआर परिक्षण पोजेटिभ आएको दासले बताए ।
त्यस्तै रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पताका मेसु डा। चुमनलाल दासको भनाइ छ ।
Sponsored
बुधबार स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि कोशी अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको थियो । उनको बिहान १०स्३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पनि स्वाब परिक्षण कोशी अस्पतालमै गरिएको र रिपोर्ट साढे ३ बजे आएको हो ।
अस्पतालले दुवै मृतकको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जनाएको छ । शव ‘डिस्पोज’ गर्न नेपाली सेनाको शव व्यवस्थापन टोलीले गर्नेछ । योसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।